बाख्राको खोर बनाउने तरिका

  Рет қаралды 55,097

Sushil Aryal

Sushil Aryal

4 жыл бұрын

खोर कस्तो बनाउने :
बाख्राको खोर कस्तो बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ।
खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसारपिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ।
बाख्राको खोर जमिनबाट केहि अग्लो कम्तिमा ९० सेन्टीमिटर बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ।
बाख्राको खोर बनाउदा कम्तिमा ५ फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ।
सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले ४ फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय र जनशक्ति लाग्न सक्छ र परिवारका सदस्यलाई झर्को लाग्न सक्छ।
बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ।
बाख्राको खोर बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।
बाख्रा पालन गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ।
गर्भवती बाख्रालाई सकेसम्म छुट्टै राख्ने र राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने।
यदि बोका जन्मिएको छ र खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा ३ महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन्।

Пікірлер: 69
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
Very good information I like this video i watch Syria
@shantiaryal1654
@shantiaryal1654 3 жыл бұрын
Namaskar,.....please like coment and subscribe,.
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Жыл бұрын
राम्रो छ
@BamMabo-jx5zy
@BamMabo-jx5zy 9 ай бұрын
Good job
@gopalbabu9657
@gopalbabu9657 3 жыл бұрын
नमस्कार सर म पोखरा देखि हो । हजुरको कुरा एकदमै राम्रो लाग्यो तर एउटा कुरा सोधन मन लाग्यो हजुर सङ्ग । यो अहिले देखाउनु भएको खोरको लागत कत्ती जति लाग्यो होला । किन कि मैले पनि यो काम गर्ने बिचारमा छु तेई भयेर जान्न पाये अभारी हुने थिये ।
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
Gopal ji namsker yo 2.5 laakh baati lagxh
@rameshsaru5912
@rameshsaru5912 2 жыл бұрын
हेरीसकेको थिएँ
@bishnubashyal9320
@bishnubashyal9320 3 жыл бұрын
अतिनै उपयोगी छ
@pankajbista4094
@pankajbista4094 3 жыл бұрын
🙏🙏👍️👍️👌👌धेरै राम्रो कुरा दाजु मैले हजुर को कुरा सुन्दा धेरै नम बुजयो मेरो त कैला लि हो हो दाजु म अहिले खाडि कतार मा छु मैले नि अब बाख्रा पालने सोचेमा छु दाज 🙏🙏
@karanlama2944
@karanlama2944 4 жыл бұрын
यहाको सुझाब सल्लाह यक्दम राम्रो लाग्यो जानकारी को लागि धेरै धेरै धन्यवाद सर
@ramronepal2648
@ramronepal2648 2 жыл бұрын
good job
@madansunar6041
@madansunar6041 4 жыл бұрын
यो त धेरै लागत मा बनेको जस्तो छ नया साना किसान को लागि धेरै गारो हुन्छ
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 4 жыл бұрын
madan sunar ji yo eutaa namuna maatra ho aafno thaau anusar banaun sakinchh
@chulakrajkhand8585
@chulakrajkhand8585 4 жыл бұрын
Very Nice 👌👌👌 Your information About goat's sheed So Godbless To Your Whole Life
@Extremerahul
@Extremerahul Жыл бұрын
Good sirr
@KumarKumar-li7hb
@KumarKumar-li7hb 4 жыл бұрын
Good sir sujhabko lagi
@rameshsaru5912
@rameshsaru5912 3 жыл бұрын
Good knowledge sir
@tilthapa9099
@tilthapa9099 4 жыл бұрын
सर हजुर को कार्यक्रम हेर्न पाउँदा खुसि लाग्यो यस्तै कार्यक्रम हरु हेर्न पाइराख्ने छु भन्ने आसा राखेको छु सर यो खोर बनाउदा कति लगानि लाग्छहोला मोटामोटि हिसाब मा पिलिज भनि दिनु न
@SureshBhandari-ut8cc
@SureshBhandari-ut8cc 8 ай бұрын
५०००००
@hhgghhh9729
@hhgghhh9729 3 жыл бұрын
सल्लाह सुझाब को लागि हजुरलाई धेरै धेरै धन्यबाद छ 🙏🙏🙏🙏
@pawannepali2245
@pawannepali2245 3 жыл бұрын
Very good lesson sir
@bishnuregmi5639
@bishnuregmi5639 4 жыл бұрын
नमस्कार हजुर आती राम्रो कुरा उठाउनु भको छ फेरि पनि नमस्कार हजुरहरु किसान दाजुभाइलाई आधुनिक किसिमको बलियो सस्तो आइगल पाइप र रड दरा बनाइने छ हजुरले कमेटमा आफ्नो नम्बर दिनु होला
@laxmanbhoshal5968
@laxmanbhoshal5968 4 жыл бұрын
Nice
@nawarajgyawali9575
@nawarajgyawali9575 4 жыл бұрын
धन्यवाद सुशील जि
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 4 жыл бұрын
nawaraj ji thanks
@prabesh138
@prabesh138 4 жыл бұрын
dhari ramero vdo sir ke kura haru bugna paiyo mero ne soch xa tera kasari kasto khor banaune vane thayo hajur ko vdo bata pane dhari kura haru prasta vayo ...
@chandafgurung6582
@chandafgurung6582 3 жыл бұрын
नमस्कार सर याे भिडियो मैले हेरिराछु साउदि अरब बाट अनि सर याे खाेर लम्बाइ कति छ र चैडाई कति छ हाेला जानकारि पायमा अाभारि हुनेथे
@sandeepkc1151
@sandeepkc1151 4 жыл бұрын
kati lagat lagdo rahixa sir
@milansir5361
@milansir5361 4 жыл бұрын
Wow
@chhatrathapa7547
@chhatrathapa7547 3 жыл бұрын
धन्यवाद सर धेरै राम्रो जानकारि दिनु भयो संपर्क नमवर र खोरको साईज मूल्य वतायको भय झन सहज हुने थियो।
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
Thanks 9856030609
@rohankafle8741
@rohankafle8741 3 жыл бұрын
Hijo ko practical garhau kalika furm
@bishusharma7431
@bishusharma7431 4 жыл бұрын
Jankari ko lagi dhanyebad sir.but yo kati capicity ko khor ho ani yesto khor banaun cost kati lagxa.ani yesko lambai chaudai kati xa sabaikura ko details diyeko vaye ajh sandarbik hune thiyo....
@ranjema703
@ranjema703 4 жыл бұрын
सर खोर त एकदम राम्रो छ तर लागत धेरै पर्न आउँछ होला
@deepakthapa96
@deepakthapa96 4 жыл бұрын
दाइ नमस्कार बाख्रा को खोर बनाउँदा पटरा लिबिसटी को काठ को लगाउन सकिन्छ या सकिने छैन र कुन कुन काठ प्रयोग गर्ने सकिन्छ बताउनु भए राम्रो हुन्थ्यो
@saraswatikafle3126
@saraswatikafle3126 4 жыл бұрын
Sir🙏
@dipjitoli6881
@dipjitoli6881 3 жыл бұрын
sir bakhara lai dana khuwane , dhud ma tauko xiraune , hight kati hunxa
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
सर म यो भिडियो बाख्राकाे खाेर बनाउनेतर्फ जानकारी हजुरको जानकारी राम्रोसँग दिनु भएकोमा करोडौंको साथ सहयोग नमन छ सर म खाडी देश बाट हेर्दै छु र मलाई पनि नेपाल अाएर यस्तै बाख्रा पालन गर्ने अत्यन्तै ईच्छा छ हजुरको मलाई साथ सहयोग र सरसल्लाह अनिवार्य जरुरी छ तर हजुरको सम्पर्कमा कसरी हुनसक्छ त ?सर
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
sushil aryal 9856030609
@ImranKhan-xi5if
@ImranKhan-xi5if 3 жыл бұрын
Sir bujhnu vaena hajur ...... reason k ho wood use garne cement kina na use garne
@nepalentertainment015
@nepalentertainment015 4 жыл бұрын
kati pasia lago sir yati banahuna
@deugorkhali4645
@deugorkhali4645 4 жыл бұрын
5 kotha ko lagi lambai chaudai Kati chahinxa sir khor ko lagi
@youTub-hc6ow
@youTub-hc6ow 4 жыл бұрын
ytiko khor banauna ko lagi khacha kati gati lagxa hola
@bishnulimbu5780
@bishnulimbu5780 4 жыл бұрын
सरलाई मेरो एउटा प्रश्न यी ५ वटा कोठा निकाल्नका लागी हामीलाई खोरको साईज कती फिट लम्बाई चोैढाई राख्नेहो ?
@kamalale7648
@kamalale7648 3 жыл бұрын
suru ma kati lagani bata bakhara palan garna saakinaxa sir
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
Kamal Ale ji haamro puraanaa video hernu holaa
@ImranKhan-xi5if
@ImranKhan-xi5if 3 жыл бұрын
Wood or bamboo use garne floor ma main reason k ho ...safai ki climate conditions
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
Imran Khan ji wood
@bibektamang9376
@bibektamang9376 3 жыл бұрын
Pure khari mau chahiyo sir
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
kun thau ko aagi holaa
@harishSharma-do8sc
@harishSharma-do8sc 3 жыл бұрын
Sir yo khor ko adrees dinu na ek choti live herana paro ma pani yestai ni banayuni ho khor
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
harish ji yo farm galyang na paa -8chiuri ,syaangja maa chh raju subedi 9856054999
@harishSharma-do8sc
@harishSharma-do8sc 3 жыл бұрын
@@SushilAryalNepalikrishi thanku sir
@milanmagar1826
@milanmagar1826 3 жыл бұрын
Nice
@shreeramthapa4541
@shreeramthapa4541 3 жыл бұрын
Khur banauda kun kath ko ramro hunxa sir
@hackerparadise4153
@hackerparadise4153 2 жыл бұрын
Nice
@bibashadhikari4282
@bibashadhikari4282 3 жыл бұрын
sir morang tira 8*27 mtr maa kasari banauna sakinxa ani kati wota halna milxa sir
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
bibash ji 8*27 miter maa 70 baakhraa rakhan sakinchh
@bibashadhikari4282
@bibashadhikari4282 3 жыл бұрын
Thank u sir shed chai kasto banauna sakinxa sir
@sherwitaam
@sherwitaam 3 жыл бұрын
How much need investment if I prepared by bamboo, because in place bamboo is available, this is contest of Okhaldhunga district, PLZ give me maximum investment
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
namsker bamboo use garnu saknu hunchh
@khemarajsilwal8147
@khemarajsilwal8147 4 жыл бұрын
Kun thau ho yo sir
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 4 жыл бұрын
khemraj ji galyang na pa ८ syangja
@surajranabhat5256
@surajranabhat5256 3 жыл бұрын
हजुरको नम्बर कति हो सर
@SushilAryalNepalikrishi
@SushilAryalNepalikrishi 3 жыл бұрын
Suraj Rana ji 9856030609
@bijayakc2894
@bijayakc2894 2 жыл бұрын
Nice
@newcomedydohorisong5186
@newcomedydohorisong5186 3 жыл бұрын
Nice
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 12 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 76 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 23 МЛН
22 Juni 2024
0:20
EDINDAH
Рет қаралды 7 МЛН
Собачка защищает кошку ❤️
0:30
BitesFrome
Рет қаралды 555 М.
#bullriding #funny #animals #fun #comedy #horse #animal #love #dance #benidormbeach
0:16
NATURE CAN BE CRUEL
1:01
Gabbidon Lifestyle Adventure ja🇯🇲
Рет қаралды 13 МЛН