Рет қаралды 33,430
‘डा. उपेन्द्र देवकोटाको मृत्युपछि न्युरोको बसाइँ सम्झँन्न’-डा. लेखजंग थापा
डा. थापाले यसकारण छोडे न्युरो अस्पताल
महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट हुन्- डा. लेखजंग थापा । हँसिलो मुहार, हक्की स्वभाव, बिरामीसँग छिट्टै घुलमिल हुन सक्ने र काममा प्रतिवद्ध उनी न्युरो साइन्सका एक खम्बा हुन् । सन् २०१३ यता दैनिक औसत ५० जनाभन्दा बढी बिरामी जाँच्दै आएका उनले हालसम्म १ लाख बढी बिरामीको उपचार गरिसकेका छन् ।
७ वर्षसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा कार्यरत डा. थापा कुनैबेला न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको विश्वासपात्र थिए । डा. देवकोटालाई कसैले तपाईंले जस्तै उपचार गर्ने यो अस्पतालमा अर्को डाक्टर को छ ? भनेर सोध्यो भने उनले डा. लेखजंगकै नाम लिन्थे । यसबाट पनि थाहा हुन्छ डा. लेखजंगप्रति उनको विश्वास कति थियो । तर, त्यही विश्वासपात्र डा. देवकोटाको मृत्यु भएसँगै काम गर्ने वातावरण नभएको भन्दै न्युरो अस्पताल छोड्न बाध्य भए । ‘सरस्वतीको बास भएको ठाउँमा लक्ष्मीको धक्कु दिन थालेपछि काम गर्ने वातावरण सिर्जना भएन, त्यसपछि न्युरो छोड्न बाध्य भएँ ।’
#DrLekhjungThapa #merolifestyle #Neurohospital
Facebook: / merolifestylee
Instagram: / merolifestylee
Twitter : / lifestyle_mero
Tik Tok : www.tiktok.com/@merolifestyle...
website : www.merolifestyle.com
©Rise Media Network