टि-पोड्कास्ट -१३, जुनु पुन मगर । यसरी गर्छिन् ३५ बालबच्चाको लालन पालन

  Рет қаралды 515

T-Podcast with Phutunge

T-Podcast with Phutunge

Ай бұрын

जुनु पुन मगर सामाजिक कल्याणकारी एवं आमावीहिन तथा सहारावीहिनहरुको आमा हुनुहुन्छ । यो पोड्कास्ट उहाँको सामाजिक सेवाको काम, भोगाइ र सिकाइबारे छ । हाल तारकेश्वर वडा नं ७ फुटुङ्ग नागपोखरी नजिक भाडामा लिइएको घरमा सहारावीहीन तथा आमावीहिन ३५ जना बालबालिका, किशोरकिशारीहरुको लालन पालन गर्दै आउनु भएको छ । एकीकृत समृद्धि नेपाल नामक संस्थामार्फत कल्याणकारी सेवा फैलाइरहनु भएकी जुनु पुर्व भलीबल खेलाडीका साथै कलाकार पनि हुनुहुन्छ ।
यो च्यानल तथा पोडकास्टमा व्यक्त धारणा, विचार, सूचना जानकारी, वा अनुभवहरू यसमा संलग्न व्यक्तिहरुका मात्र हुन् । यहाँ अभिव्यक्त विचार तथा सूचनाहरुले पूर्ण रुपर्मा तथ्यहरूको प्रतिनिधित्व नगर्न पनि सक्छन् । यो पोडकास्ट (कुराकानी) भएको हुँदा होस्ट र अतिथिबाट व्यक्त विचार कुनै पनि समयमा परिवर्तन हुन सक्नेछन् । तारकेश्वरको विकासमा योगदान गरिरहेका विभिन्न तह, तप्का एव क्षेत्रका व्यक्ति तथा व्यक्तित्वहरुसँग गरिने भलाकुसारी नै टि पोड्कास्ट हो । तपाई पनि यस नगरका कुनै व्यक्तिसँग पोडकास्ट गरिएको हेर्न र सुन्न चाहनुहुन्छ भने कृपया तल कमेन्ट वक्समा लेख्नेहोस् ।
यो पोडकास्टको बारेमा कमेन्ट गर्दा कृपया पोडकास्ट पुरै सुनेर गर्न पनि अनुरोध छ । साथै, पोडकास्टका विषयमा गरिएको कमेन्टहरु उपयुक्त, सालिन एव भद्र होस् भन्ने हाम्रो चाहना छ । हाम्रो विश्वास छ, सकारात्मकताले नै समाज अगाडि बढ्ने हो । हामीले आफ्नो समुदायमा आलोचनात्मक चेत तथा आलोचनात्मक बहस सृजना होस र यसले जिम्मेवार व्यक्तिहरुलाई जवाफदेही बनाउन प्रेरित गरोस भन्ने सोच छ भने अर्कातिर हाम्रो नगरभित्रका दिग्गज व्यक्तिहरुको अनुभव, विचार तथा ज्ञानलाई एकत्रीत गर्न सघाओस् भन्ने अभिप्राय पनि छ । त्यसैले यहाँहरुको कमेन्टले पनि यी दुई मुल उद्देश्यलाई योगदान गरोस् भन्ने टि पोड्कास्टको अपेक्षा छ । यो पोडकास्टको सामग्रीको कपी गर्न या पुनरुत्पादन गर्न सख्त रूपमा निषेध गरिएको छ । त्यस्तो गरिएको पाइएमा प्रतिलिपि कानून बमोजिम कानुनी कारबाही हुन सक्ने सुचित गरिन्छ ।
यो पोड्कास्टबारेमा केही प्रश्न, जिज्ञासा भएमा तलको इमेलमार्फत पठाउन सक्नु हुनेछ साथै पोड्कास्टका लागि बोलाउनु पर्ने यहाँलाई लागेको तारकेश्वरकै व्यक्ति, नागरिक तथा विज्ञ हुनुहुन्छ भने पनि सोही इमेल या तलको कमेन्टमा उल्लेख गरिदिन सक्नुहुनेछ । phutungeji@gamil.com

Пікірлер
TRY NOT TO LAUGH 😂
00:56
Feinxy
Рет қаралды 8 МЛН
Sigma Girl Education #sigma #viral #comedy
00:16
CRAZY GREAPA
Рет қаралды 119 МЛН
Chanting of holy name should start from young age
2:47:06
Anandvrindavan Das Official
Рет қаралды 2 М.