जीटीए र नगरपालिकाको आखाँ नपूग्दा हाम्रो पार्टीले उठाए पैह्रोमा झरेको ढुङगा माटोहरू !!!

  Рет қаралды 4,908

HIMALI CHANNEL DARJEELING

HIMALI CHANNEL DARJEELING

Күн бұрын

हाम्रो पार्टी केन्द्रीय कार्यलय दार्जीलिङ
प्रेस विज्ञाप्ति 7 जुलाई 2024
दार्जीलिङ 7 जुलाई : जीटीए र नगरपालिकाको आखाँ पूग्न नसक्दा हाम्रो पार्टीले उठाए पैह्रोको ढुङगा माटोहर। गत केही दिन अधिदेखि परेको मुसलधारे पानीले दार्जीलिङ शहरको गाँधी रोडमा पैह्रो झरेको थियो तर घण्टौ विति सक्दा पनि दार्जीलिङ नगरपालिका र जीटीएको आखाँ पूग्न नसक्दा स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीलाई फोन गरेर सहयोगको गुहार लगाउँदा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति प्रबक्ता एंव 29 नम्बर वार्डको नगरपार्षद गोपाल परियार बुल्डोजर र पीकप भ्यान लिएर गाँधी रोडम झरेको पैह्रोको ढुङगा माटोहरू उठाउँन पूग्यो। यसै संदर्भमा हाम्रो पार्टीको प्रबक्ता एंव नगरपार्षद गोपाल परियारले जीटीए र नगरपालिकाको आखाँ यी पैह्रोमाथि पूग्न नसक्दा स्थानीय मानिसहरूले हामीलाई फोन गरेर रोडमा झरेको ढुङगा माटोहरू उठाई दिने गुहार लगाएपछि हामीले ढुङगा माटो उठाएका हौ तिनले भने। यो गाँधी रोडको बाटो भएर जीटीए मुख्यलय लाल कोठी जाने आउने गर्छ तर पनि जीटीए चीफ अनित थापा दाजुको आखाँ यी पैह्रोमा नपर्नु यो अति नै दुखको विषय हो।जीटीए चीफ अनित थापाले भन्ने गर्छ जीटीए सवै कार्यहरूमा समक्ष रहेको दावी गर्नु हुन्छ तर जीटीए एंव उनी समक्ष छैन।गाँधी रोडमा पैह्रो झरेको घण्टौ विति सक्दा पनि पैह्रोको ढुङगा माटोहरू समेत उठाउन सकेनन,जीटीए लथालिङ भताबुङ छ, कही पनि ठीकसंग चल्न सकेको छैन।हाम्रो पार्टी प्रबक्ता गोपाल परियारले अधि भने अनित थापा दाजु तपाईले सम्मान र इज्जतसंग जीटीएबाट राजीनामा दिनु होस, तपाईको हातबाट दार्जीलिङ्ग पहाडमा केही हुने वाला छैन,तपाईले काम गर्नु सक्नु हुन्न,तपाईसंग काम गर्ने क्षमता र दक्षता छैन,पहाडको जनताले तपाईलाई मान सम्मानसंग जीटीए चीफको चैकीमा राखेको छ तर तपाई जनताको हितमा काम गर्नुको साटो जीटीए मुख्यलय लाल कोठीबाट भागेको भागेको हुदैछ, आफ्नो कार्यलयमा बस्नै हुन्न गोपाल परियारले भने।तिनले अझ भने यस्तो स्थितिमा तपाई जीटीए मुख्यलय लाल कोठीमा हुने पर्ने समयमा तपाई मदेशमा डेरा लगाएर बस्नु हुदैछ यो कस्तो विडम्बना हो भन्दै गोपाल परियारले प्रश्न तेर्साए।स्व सुवास घिसिङले निर्माण गर्नु भएको लाल कोठी जाने यो गाधी रोडको बाटो हो तर गाधी रोडमा पैह्रो झरेको घण्टौ विति सक्दा पनि जीटीए र दार्जीलिङ नगरपालिकाको आखाँ पूग्न नसक्नु भनेको यो गज्जबै हो गोपाल परियारले भने। तिनले अधि भने आफ्नो वार्ड 29 नम्बरको विभिन्न क्षेत्रहरूमा पैह्रो झरेको हुनाले यो बुल्डोजर र पीकप भ्यान आफसंग राखेर भोली सोमबारदेखि साफ सफाईको कार्यलाई तीव्र रूप दिने नगरपार्षद गोपाल परियारले बताए।

Пікірлер: 24
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН