Рет қаралды 123,082
आजको टफ टकलाई मैले अन्तरवातर्ता भन्दा पनि संगीत वार्ता बनाउन खोजेको छु । फूलको आँखामा फूलै संसार, सय थरि बाजा एउटै ताल, ओराली लागेको हरिनको चाल भो, शान्ति लुकाउ कहां, म परें पीरमा, लैजा चरि, क्या बोर भयो जस्ता गीतमा संगीत भर्नुभएका संगीतकार न्ह्यु बज्राचार्य आज मसँग हुनुहुन्छ । आज न्हयुसँग म संगीतको सृजना बारेमा चर्चा गर्नेछु । न्ह्युको जीवनीमा संगीत कसरी आयो खोतल्ने प्रयास गर्नेछु र त्यो भन्दा पनि धेरै उहांको सृजनाले भरिएका गीतहरु, उहांलाई मन परेका गीतहरु उहांकै स्वर सुनाउने छु ।