Witness, cross-examine साँक्षी, परिक्षण र बकपत्र

  Рет қаралды 7,867

Lawyerlogy

Lawyerlogy

3 жыл бұрын

कुनैपनि विवाद समाधान गर्नकालागि वा कुनैपनि कुरा हो वा होइन भन्ने कुराको निष्कर्षमा पुग्नका लागि प्रमाणको आवश्यकता पर्छ । प्रमाण भौतिक र जैविक दुई प्रकारका हुन्छन् । भौतिक प्रमाण भनेको कुनै घटना र विवादका सम्बन्धमा घटनास्थलमा बरामद गरिने घटनासँग सम्बन्धित भौतिक चिजवस्तु जस्तै घटनामा प्रयोग गरिएका बन्दुक, खुकुरी, लाठी, भाला, गोली ईत्यादी हुन भने जैविक प्रमाणमा साक्षीलाई लिन सकिन्छ ।
साक्षी भन्ने शब्दको खासअर्थ साक्ष्य अर्थात प्रत्यक्ष रहेको, देखेको वा जानेको व्यक्ति जसले अदालतमा आफुले देखेजानेसम्मको कुरा व्यक्त गर्छ, त्यसलाई साक्षी भनिन्छ । साक्षीलाई अंग्रेजीमा विटनेश भनिन्छ । यस विटनेसलाई विग्रह गर्दा विट भनेको बुद्धि र नेस भनेको ईमान्दारी अर्थात बुद्धिले ईमान्दारीपुर्वक घटनाको विषयमा जानकारी दिने व्यक्ति नै साक्षी हो भन्न सकिन्छ । साक्षी पनि दुई प्रकारका हुन्छन् । एउटा देखि जान्ने साक्षी, अर्को सुनीजान्ने साक्षी । साक्षीको खास शाब्दिक अर्थ अन्तर्गत केवल देखिजान्ने साक्षी मात्र प्रमाण हो भन्न सकिन्छ । सुनिजान्ने साक्षी प्रमाण होइन । साक्षी भनेको प्रत्यक्षीकरण हो । घटनासंग प्रत्यक्ष नरहेको मानिस साक्षी हुन सक्दैन । साक्षीको लागि योग्य हुँदैन, अयोग्य हुन्छ । सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरुमा पनि सुनिजान्ने साक्षीलाई प्रमाण होईन हेयर से इभिडेन्स इज नो इभिडेन्स भनि सिद्धान्त नै प्रतिपादन भएको छ । नेपालमा परापूर्व कालदेखि नै साक्षीको भनाईअनुसार मुद्दा वा विवादको छिनोफानो गर्ने प्रचलन रही आएको छ । साक्षीले ईमान धर्म सम्झी अदालतसमक्ष सपथ लिई सत्यकुरा बोल्ने गर्छ भनि विश्वास गरिन्छ र साक्षीले गरेको बकपत्रलाई प्रमाणमा लिईन्छ । खासगरी फौजदारी प्रकृतिको विवाद वा मुद्दामा साक्षीको प्रयोग अत्याधिक मात्रामा भएको पाईन्छ ।
सामान्यतया साक्षी बकपत्र गर्दा जुन पक्षको साक्षी हो त्यो पक्षको कानुन व्यवसायीले सोधपुछ गरी जवाफ प्राप्तगरी सकेपश्चात सोधपुछको सवाल जवाफमा केन्द्रित रही अर्कोपक्षको कानुन व्यवसायीले जिरह गर्नुपर्छ । तत्पश्चात सोधपुछ र जिरहको सवालजवाफ बाँझिएको खण्डमा सोधपुछ गर्ने कानुन व्यवसायीले पुनः सोधपुछ गरीआएको जवाफ लेखी सकेपश्चात साक्षी बकपत्र कार्य सम्पन्न भएको मानिन्छ ।
#witness#crossexamine#LPADHIKARI

Пікірлер: 3
@Exeroxz
@Exeroxz 2 жыл бұрын
ok
@PowonEntertainment
@PowonEntertainment 10 ай бұрын
शाक्षि बकपत्र भनेकाे के हाे शर
@bmainali4151
@bmainali4151 2 жыл бұрын
मैले र श्रीमती विदेश मा क माएको पैसा ले श्रीमतीको आमा बाट बाकस पास श्रीमती को नाम मा गरियो 2072 पास गरेको अहिले श्रीमती को दिदी बहिनी ले जग्गा को मूल्य बढेर धेरै भको रहेछ दाबी गर्दै छन् यो के हुन्छ र यस्तो बाकस पास श्रीमान हक हुन्छ कि हुँदैन
How to do Cross Examination of a witness in court.Que-Ans procedure in Court room #tophitonadvocate
5:57
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 63 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 14 МЛН
CTG Basics Part 3 - Overall Assessment & Examples
12:30
Dr. Sarah Xuereb
Рет қаралды 96 М.
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 63 МЛН