Рет қаралды 1,885
पश्चिम मकवानपुरको मनहरी-७ रमौलीमा हरि शरण अर्यालले व्यवसायिक कृषि कर्म गरिरहनुभएको छ । उहाँले व्यवसायिक कृषि फर्म मार्फत कागती र ड्रागन फलको व्यवसायिक खेती गर्नुभएको छ भने आफ्नो फर्ममा खानका लागि बयर, केरा, कुरिलो लगायतका बिरुवा पनि रोप्नुभएको छ । अर्गानिक खेती गरिरहनुभएका अर्यालले बोटबिरुवामा बस्तु र कुखुराको मलको प्रयोग गर्दै आउनुभएको छ । २०८० सालमा उहाँ राष्ट्रपनि उत्कृष्ट पुरस्कारबाट सम्मानित पनि हुनुभयो । अहिले सयौं कृषकका लागि उहाँ एक प्रेरणाको स्रोत बन्नुभएको छ । हेरौं उहाँको कृषिकर्मबारे अनिरुद्र मिडियाले तयार पारेको भिडियो सामाग्री ।
#Nepal #farming #agriculturenepal