Рет қаралды 118,322
‘पैसा एउटा नम्बर मात्र हो’ : बिनोद चौधरी
काठमाडौं : उद्योगपति बिनोद चौधरीको अनुभवमा पैसा भनेको यस्तो चिज हो, जसलाई सम्हाल्न गाह्रो हुन्छ । पैसालाई सम्हाल्न सकिएन भने पैसाले आफैंलाई सिध्याउँछ । नेपालका खर्बपति चौधरी भन्छन्- ‘पैसाले मात्र सबैकुरा गर्छु भन्छ कसैले भने त्यो मान्छे लामो रेशको घोडा होइन ।’
आमाले दिएको एक सुका पैसाको सदुयोग गर्दा पैसाको महत्व बुझेका चौधरी यतिबेला सफलताको शीखरमा आएर भन्छन्- ‘पैसाको बलमा म काम गर्दिन, आईडियाले काम गर्छु । पैसाले सबैथोक किन्न सकिन्छ तर प्रतिष्ठा किन्न सकिँदैन ।’
स्वदेश र विदेशमा दर्जनौं उद्योग व्यवसाय सञ्चालन गरिरहेका बिनोद चौधरी पैसालाई उतिसारो महत्व दिँदैनन् भन्दा पत्याउन गाह्रै हुन्छ । तर उनको अनुभवमा आधारित विश्लेषण यस्तो छ- ‘साधारण जीवनयापनका लागि पैसा सबैभन्दा महत्वपूर्ण चिज हो तर एउटा खास स्थानमा पुगेपछि पैसाको कुनै अर्थ छैन त्यो त केवल एउटा नम्बर मात्रै हो ।’
सफल व्यवसायी बिनोद चौधरीले पैसाको सन्दर्भमा अनेक रोचक अनुभव र उदाहरणको चर्चा गरेका छन् । दृश्य टेलिभिजनले चौधरीसँग पैसा र अन्य विविध पक्षमा वार्तालाप गरेको छ । यसपटक पैसाको सेरोफेरोमा भएको वार्तालाप हेरौं । यो लिङ्कमा क्लिक गर्नुहोस् र खर्बपतिको पैसा अनुभव हेर्नुहोस्-